सन्धिखर्कको रुब्दीमा फ्रेस हाउस उद्घाटन, अर्घाखाँचीका युवाहरु स्वरोजगार हुँदै

सन्धिखर्कको रुब्दीमा फ्रेस हाउस उद्घाटन, अर्घाखाँचीका युवाहरु स्वरोजगार हुँदै


अर्घाखाँची डट्कम संवाददाता 

रुब्दी, अर्घाखाँची  ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ रुब्दीमा फ्रेस हाउस उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 


रुब्दीमा फ्रेस हाउस उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार विकले आफ्नै देशमा स्वरोजगारका लागि महत्त्वपूर्ण इटा थप्ने काम भएको बताए । 


उनले सन्धिखर्क नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा ठुला ठुला परियोजना हरु संचालन गरिएको उल्लेख गर्दै आफ्नै देशमा स्वरोजगार मा लाग्ने    युबा युवतीहरुलाई नगरपालिकाबाट हरेक किसिमको सहयोग  प्रदान गर्ने प्रतिबद्धता ब्याक्त गर्दै प्रकाश फ्रेस हाउसका संचालक प्रकाश कुवरलाई ब्यबसाय सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

अन्य समाचारहरु