अर्घाखाँचीका दुई छुटा-छुटै ठाउँमा सवारी दुर्घट्ना हुँदा कम्तिमा पाँच जना घाइते, दुर्घटना बढे

ढाड-मैदानमा दुर्घटना भएको जिप ।
 
ठाडा, अर्घाखाँची ( २०७१ जेष्ठ २० मंगलवार) । अर्घाखाँची जिल्लाका दुई छुटा-छुटै ठाउँमा सवारी दुर्घट्ना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्।

ठाडा गाबिस - ३ कोप्चीबासमा गिट्टी बिछाउदै गरेको लु १ख ५८३६ नंको टिप्पर बिपरित दिशाबाट आउदैगरेको मोटरसाईकललाई साईटदिने क्रममा टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन । घाइते कपिलवस्तु जयनगरका टिप्परचालक डिलाराम शर्मालाई उपचारको लागि बुटवल लगिएको छ। टिप्पर करिव ७० मिटर तल खसेको छ।

यस्तै सवारी लिएर मैदानबाट सन्धिखर्क आउदै गरेको लु १ ख १७७१ नम्बरको जिप ढाड-मैदानमा दुर्घटना भएको छ। दुर्घट्नामा ४ जना घाइते भएका छन। जिप सडकमा नै पल्टिएको हो।
 
अर्घाखाँचीमा दुर्घटना भएको तथ्याङ भयानक
 
अर्घाखाँचीमा साघुरो सडक, तीब्र गती र चालकले सामान्य कुरामा समेत ध्यान नदिदा दुर्घटना बढेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलयका अनुसार चालु  अर्थिक बर्ष २०७० र ७१ को १० महिनामा ११ वटा सडक दुर्घटनाका घटना भए । दुर्घटनामा २९ जनाको ज्यान गयो । ४४ जना गम्भीर घाइते र ४९ जना सामान्य घाइते भए ।
 
सो  सडक अन्तर्गत यही वैशाख १७ गते नरपानी - ५ जगतमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भयो । सन्धिखर्कबाट बुटवलको लागी छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क आउँदै गरेको लु १ ख ७८२५ नम्बरको मिनी ट्रक घुम्तीमा  एकआपसमा  ठोकिदा १८  जनाको मृत्यु भएको हो ।  तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

चालकले मोबाइल फोनको प्रयोग गर्नु, सवारी चालकले कोखामा युबतीहरु राख्नु, घुम्तीहरुमा समेत तीब्र गतीमा गाडीहरु चलाउनु, हर्न नबजाउनु, चालक अनुमती पत्र बिना गाडीहरु चलाउनु लगायतका कारणले सवारी दुर्घटना बढेका हुन । सडकको स्तरोन्नतीमा बिनीयोजीत बजेट अनुसार काम हुन नसक्नु, धेरै साघुरा घुम्तीहरु रहनु, सवारी साधनमा क्षमता भन्दा बढि यात्रुहरु राख्नु, चालकले मादक पदार्थ सेबन गरेर गाडी चलाउनुनै दुर्घटनाको कारण बनेका छन । सवारी चालकहरु युबाहरु रहनु, र चालकको असाबधानीनै दुर्घटनाका कारण बन्न पुगेका छन ।

जिल्लाका सबै गाविस र बस्तीमा मोटरबाटो पुगेको पहाडी जिल्ला अर्घाखाँचीमा ग्रामीण क्षेत्रका सडकमा भन्दा ६८ किलो मिटर रहेको गोरुसिंगे सन्धिखर्क सडकमानै बढि दुर्घटना हुने गरेको देखिन्छ ।
 
सन्धिखर्क गोरुसिङ्गे सडकमा पछिल्ला दिनहरुमा वस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएका छन् । ०७०  पुस २२ मा पनि नरपानीको फुदवाङमा अर्घाखाँचीबाट काठमाडौंका लागि छुटेका लु १ ख ५७६३ नम्बरको बसलाई विपरित दिसाबाट आइरहेको मिनी  ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको थियो । गोरुसिङ्गे सन्धिखर्क सडक अन्र्तगत नरपानी  गाविसमा ठुला दुर्घटना हुने गरेका छन् । यहाँ ०६९ साउनमा फोर्स दुर्छटना हुँदा घटना स्थलमै १५ जनाले ज्यान गुमाएका थिए । अन्य ससाना दुर्घटनाबाट यस क्षेत्रमा धेरैले ज्यान गुमाएका छन् ।
 
सन्धिखर्कबाट नरपानीको घुम्ती सम्मको सडकको दुरी १४   किलोमिटर छ । यहाँ करिव ३०-३५  ओटा जटिल प्रकारका मोडहरु रहेका छन् । पछिल्लो समयमा भएका दुइ ओटा दुर्घटना पनि  मोडमा एक आपसमा ठोक्किएर भएका हुन । सडक विभागले वर्षेनि करोडौं रुपौयाँ खर्च गर्ने गरे पनि त्यो रकम प्रभावकारी हुन सकेको छैन् । सडक विभागले उप्किएको ठाउँमा ओटासिल गर्ने भन्दा अरु काम नगरेको गुनासो वढने गरेको छ । 
 
Some information for this report provided by Premnarayan Acharya and Arjun Bhusal.

अन्य समाचारहरु