अर्घाखाँचीमा माओवादी केन्द्रले स्थानीयतहमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो

 अर्घाखाँचीमा माओवादी केन्द्रले स्थानीयतहमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा  नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीले स्थानीयतहमा  निर्वाचित आफ्ना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

नेकपा ( माओवादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीले स्थानीयतह निर्बाचन २०७९ मा निर्बाचित जनप्रतिनिधिहरु लाई एक कार्यक्रम बिच सम्मान गरेको छ जिल्लामा निर्बाचित  एक नगरउपप्रमुख चार वडा अध्यक्ष , कार्यपालिका सदस्य तथा वडा बाट निर्बाचित कुल ३३ जना जनप्रतिनिधि हरुलाई सम्मान गरेको हो ।

पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपालिको प्रमुख आतिथ्यता भएको सम्मान कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतको उपस्थित रहेको थियो।

अन्य समाचारहरु