चुत्राबेसीको श्री जनज्योति मावीमा डिजिटल साक्षरता तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

चुत्राबेसीको श्री जनज्योति मावीमा डिजिटल साक्षरता तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)


श्याम घिमिरे

चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका २ चुत्राबेसीमा रहेको श्री  जनज्योति मावी र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा माध्यमिक तहका बिद्यार्थीहरुका लागी एकदिने डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ ।


 कार्यक्रममा बैंकका आईटी प्रमुख नारायण न्यौपानेले डिजिटल प्रबिधिको प्रयोग, डिजिटल प्रबिधिको प्रयोगले सेवामा हुने सहजता, डिजिटल बैंकिङ्का फाइदाहरु,बचत र बचतबाट हुने फाईदा लगायत बैंकले प्रदानगर्ने बिभिन्न सेवा सुबिधाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।


साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक तथा अर्घाखाँची प्रमुख अञ्जली केसी, बैंकका चुत्राबेसी शाखा प्रमुख कृष्ण भट्टराई लगायतको उपस्थिती रहेको कार्यक्रममा बिद्यालयका प्रअ माधब आचार्य , शिक्षक बिष्णु पोख्रेल लगायतले मनतब्य राख्नुभएको थियो ।


बैंकले यसअघि सन्धिखर्क नगरपालीका वडानं.१ मा रहेका टोल बिकास संस्थाका पदाधिकारी र पाणिनी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुसंग समेत डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बैंकका क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख अन्जली केसीले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु