अडगुरीको झन्द्रेक भेडावारीका पहिरो पीडितलाई जिल्ला प्रशासनद्धारा आर्थिक तथा राहत सामग्री प्रदान

अडगुरीको झन्द्रेक भेडावारीका पहिरो पीडितलाई जिल्ला प्रशासनद्धारा आर्थिक तथा राहत सामग्री प्रदान


अर्घाखाँचीडट्कम संवाददाता 

अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरीको झन्द्रेक भेडावारीका पहिरो पीडितलाई जिल्ला प्रशासनले आर्थिक तथा राहत सामग्री प्रदान गरेको छ । 


अडगुरीको झन्द्रेक भेडावारीका पहिरो पीडितलाई तत्काल राहतस्वरूप रू २० हजार नगद, टेन्ट, त्रिपाल, कम्बल, डसना, चामल लगायतका राहत सामग्री प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले प्रदान गर्नुभएको हो ।  


राहत सामग्री प्रदान कार्यक्रममा  सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल,  प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  


मंगलबार साँझ करिब ५:३० बजेतिर घरमाथीबाट खसेको पहिरोले पुरिएर अर्घाखाँची पाणिनी ७ झन्द्रेक निवासी जिवलाल सुनारकी ९ बर्षिय छोरी झरना सुनारको घटनास्थलमै मृत्यु भएको थियो । 

पहिरोमा परेका निजको १३ बर्षिय छोरा लक्ष्मण सुनार , छिमेकी चन्द्र कहादुर सारूको १२ बर्षिय छोरा मोहन सारू र छिमेकी मेग बहादुर क्षेत्रीको ९ बर्षिय छोरा महेश क्षेत्रीलाई स्थानियबासिन्दा र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ । घाईते तिनै जनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक गणेश खनालले बताए । 


घाईते तिनै जना खतरामुक्त रहेको स्वास्थ्य चौकिले जनाएको छ । पहिरोमा परि एउटा भैंसी र ६ ओटा बाख्रा मरेका छन् । ६ जना सदस्य रहेको उक्त घरका अन्य ४ जना घरबाहिर रहेको र दुई दाजु बहिनी सहित छिमेकी साथीहरूसँग टिभी हेरीरहेका बेला घरमाथी बाट पहिरो गएको थियो । मृतक बालिकाको सवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको छ । सुनारको तिनतले कच्ची घर र थारो पहिरोले पुरेको छ ।

अन्य समाचारहरु