मेरो धर्तीको आवाज

मेरो धर्तीको आवाज
थम्मन के.सी 

मेरो धर्तीको आवाज !
म स्तब्द छु
आज मेरो धर्तिको सिमा रेखा खोज्दै
सुदुर को छितिज हेर्छु अनि
टिल बिल टिल बिल गर्ने थुप्रै ताराको पुन्ज
चमक्क चम्किने धुर्ब ताराको उज्यालो हेर्छु
अनि भक्ती थापाको बिरता ,वीर बलभद्र
अमर सिंह , कालू पान्डे , भिमसेन थापाका
पदचाप हरु कालापानी मा खोजी रहेछु
अनि मशालको राको बालेर
मेरो धर्ती को आगन भरी देश भक्त हरु को
जुलुस खोजी रहेछु। खोजी रहेछु ,
रास्ट्र को आगन भरी रास्ट्रघाती खोजी रहेछु।

खै लिम्पिया धुरा, लिपुलेक को काख भरी बसेर
साम्राज्यबादिहरुको विरुद्ध मोर्चा कस्न खोजी रहेछु
तेसैले मेरो मुटुको स्पन्दनमा मेरो धर्ती राखेर
मेरो भुगोल को रक्छ्या को खातिर
सबै देश भक्तको आबाज खोजी रहेछु
हो हाम्रा सिमा रेखा बचाउन रास्ट्र्भक्त खोजी रहेछु

थम्मन के.सी राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष हुनुहुन्छ ।