तिमीले सोधी पठाएको चिठीको उत्तर मेरो मुक्तकबाट (कविता)

तिमीले सोधी पठाएको चिठीको उत्तर मेरो मुक्तकबाट (कविता)

पिताम्बर बन्जाडे

तिमीले विदेशबाट सोधी पठाएको
चिठीमा मेरो सानो जवाफ छ
नयाँ त यहाँ केही छैन
अझैसम्म मरिएको छैन
बाँकी एक मुठी सास् छ,
तिमी युवाहरू छौ र त !
यो देश बाँच्छ कि भन्ने आश्छ ।

अरु केही भएन कसरी भनूँ ?
ठूलै परिवर्तन भएको छ ,
तिमीले चिया पिउने ठूल्दीको चियापसल ,
ठूलै रिसोर्ट भएको छ ।
तिमी युवाहरू छौ र त!
यो देश बाँच्छ कि भन्ने आश्छ ।

धान फल्ने फाँटभरि वंगाला ठडाउँदै छन् ,
घरघरमा रास्ता पुर्याउँदै छन् ,
नपाइने चिज केही छैन यहाँ
सवै विदेश बाटै झिकाउँदै छन्,
बेच्ने त यहाबाट केही छैन ,
मात्र केही थान नेताहरू विकाउछन् ।

पानी नआए पनि घरघरमा धारा छ ,
पिउनलाई भने रु पचासको जार छ,
पैसा कस्को बाउले दिने हो थाहा छैन
हिड्नै पर्दैन छिमेकीले पठाएको कार छ।
बाँकी एक मुठी सास छ,
तिमी युवाहरू छौ र त !
यो देश बाँच्छ कि भन्ने आश्छ ।।

बाँकी अर्को चिठीमा
उही तिमीलाई माया गर्ने
............................
अस्तु :