भूमिकास्थान नगरपालिकामा मेयरमा राष्टिय जनमोर्चाका झविलाल थापाको निरन्तर अग्रता कायम

भूमिकास्थान नगरपालिकामा मेयरमा राष्टिय जनमोर्चाका झविलाल थापाको निरन्तर अग्रता कायम

हरिप्रसाद भुसाल / जेठ २, अर्घाखाँची

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नगर प्रमुख पदमा राष्टिय जनमोर्चाका नेता झविलाल थापाले निरन्तर अग्रता कायम गरेका छन् । 

पाँच वडाको मतगणना भैसक्दा थापाले एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार रेशम थापालाई ५२९ मतले पछाडी पार्दै अग्रता कायम गरेका हुन् ।

भूमिकास्थान नगरपालिका वडा नं. १, २, ३, ९ र १० को मतगणना सक्दा झविलाल थापाले ४१९५ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी रेशम थापाले ३६६६ मत प्राप्त गरेका छन् ।

अन्य समाचारहरु