भूमिकास्थानमा कांग्रेसले धमाधम उम्मेदवार चयन गर्दै, नुवाकोटको लात्तेवाजबाट वडाध्यक्षमा राजकुमार श्रेष्ठको उम्मेदवारी

भूमिकास्थानमा कांग्रेसले धमाधम उम्मेदवार चयन गर्दै, नुवाकोटको लात्तेवाजबाट वडाध्यक्षमा राजकुमार श्रेष्ठको उम्मेदवारी

अर्घाखाँचीडट्कम संवाददाता

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेवाजबाट युवा व्यवसायी समाजसेवी तथा आम यस क्षेत्रका बुढापाका देखि बच्चा सम्म सबैका मनको ढुकढुकी राजकुमार श्रेष्ठले आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस को रुख चिन्न लिएर वडा अध्यक्षको उम्मेदवारी दिने भएका छन ।
श्रेष्ठ वडा अध्यक्ष भएमा विकासको ओईरो हुने कुरामा दुई मत छैन । किनकि हिजका दिनमा उनले यस क्षेत्रमा गरेका विभिन्न रचनात्मक कार्यहरु यसका जल्वन्त उदाहरणहरु हुन ।
उनले सामाजिक काम गर्दा कहिल्लै पनि पार्टीको नाम लिएनन हिज कोभिडको महामारीको समयमा जिल्ला वासी आमाबुवा दाजुभाई सिमामा रोकिदा आफैँ बस व्यवस्थापन गरी सकुसल घर सम्म ल्याउने महान योगदान रहेको छ ।
विगतमा नुवाकोट गाउँ विकास समिति हुँदा पनि आज भूमिकास्थान नगरपालिका हुँदा पनि युवा उमेर देखि नै उनले यस क्षेत्रको सामाजिक साँस्कृतिक र विभिन्न क्षेत्रमा गरेको योगदान अतुलनिय रहेको छ ।
देश विदेशमा रहेका विभिन्न संघ संस्थामा उच्च पदमा रहेर उनले गरेका सामाजिक कार्यले गर्दा उनी परिचित छन भने, उनकै नेतृत्वमा विभिन्न दुर्घटनामा परि गरिवीका कारण मृत्युको मुखमा रहेका कहियौ निमुखा जनताले अर्घाखाँची डट्कमको प्रकाशित समाचारको प्रभावले नेपालीले नयाँ जीवन पाएका छन ।
रचनात्मक व्यक्तित्व श्रेष्ठ लात्तेवाँज लाई आफ्नो अमुल्य मत रुखमा भोट राखी वडा अध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी गराउनु भएमा भुमिकास्थान नगरपालिका भित्र मात्र नभई जिल्लाका हरेक ठाउँमा विकासका लागि लागि पर्ने बताए बताए ।
उनी नुवाकोट दिपज्योती युवा परिषद को अध्यक्ष नेपाल तरुण दल भुमिकास्थान नगर समितीका अध्यक्ष अर्घाखाँची सेवा कतारका पुर्व कोषाध्यक्षमा लगायतका संस्थाहरुमा सामाजिक कार्य गरेका थिए ।

अन्य समाचारहरु