खिदिमका सवारी ज्यान कसुर मुद्धामा ११ महिना कैद तोकिएका फरार व्यक्ति प्रकाउ

खिदिमका सवारी ज्यान कसुर मुद्धामा ११ महिना कैद तोकिएका फरार  व्यक्ति प्रकाउ


अर्घाखाँचीडट्कम संवाददाता 

खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ३ खिदिमका सवारी ज्यान कसुर मुद्धामा कैद तोकिएका फरार एक व्यक्ति प्रहरीले प्रकाउ गरेको छ । 


प्रहरीले आज बिहीवार सवारी ज्यान कसुर मुद्धामा कैद तोकिएकोमा फरार रहेका खिदिमका ३६ वर्षिय मनोज दर्लामीलाई उनकै घरबाट प्रकाउ गरेको हो । 

दर्लामीलाई अर्घाखाँची जिल्ला अदालतले गत चैत्र १८ गतेको ११ महिना ६ दिन कैद तोकेको थियो । दर्लामीलाई   विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले निजकै घरमा फेला पारी नियन्त्रणमा तिल्एको थियो । 

साथै उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।  

अन्य समाचारहरु