नुवाकोटको चिदीचौरमा बन्ने १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्वीकृति

नुवाकोटको चिदीचौरमा बन्ने १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्वीकृति


अर्घाखाँचीडट्कम संवाददाता

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको चिदीचौरमा बन्ने १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा दिईने भएको छ ।


भूमिकास्थान नगरपालिकालाई नुवाकोटको चिदीचौरमा बन्ने १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि ९ रोपनी वनको जग्गा दिईने भएको हो ।     

फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका थिए । 

अन्य समाचारहरु