भोलि हुने निर्वाचनको अन्तिम तयारी पूरा , मतदान स्थलमा क्यामरा , मोबाइल लैजान नपाइने ।

भोलि हुने निर्वाचनको अन्तिम तयारी पूरा , मतदान स्थलमा क्यामरा , मोबाइल लैजान नपाइने ।

केशबराज ज्ञवाली / अर्घाखाची डटकम  

 बैशाख ३० अर्थात भोलि देशभर एकै साथ हुने स्थानिय तहको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

 निर्वाचन  शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नको लागि सहयोग गर्न सुरक्षाकर्मी , पत्रकार , बुद्दिजिवी , स्थानिय , समाजसेवी  सबैले आ आफ्नो तवरले सहयोग गर्नुहुन समेत निर्वाचन आयोगले सबैमा अपिल गरेको छ ।

       निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनको दिन मतदानस्थल भित्र मोबाइल, क्यामेरा , चुनाव चिन्ह अंकित लोगो , लगायतका सामग्री हरु लैजान नमिल्ने आयोगले बताएको छ ।


अन्य समाचारहरु