भूमिकास्थानमा एमालेले वितरण गर्न लागेका होमपाइप बरामद, गाउँ - गाउँमा पैसा बाढ्दै

भूमिकास्थानमा  एमालेले वितरण गर्न लागेका होमपाइप बरामद, गाउँ - गाउँमा पैसा बाढ्दै

अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा नेकपा एमाले उम्मेदवारले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरिएको छ । 


रातिको समयमा बिना श्रोत ल्याइएको होपपाइप स्थानियहरुले सोधपुछ र बरामद गरि ढाकावाङ  प्रहरीमा बुझाएका हुन् ।


पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको होपपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाइ  स्थानियहरुले प्रहरी चौकीमा बुझाएका हुन । 


एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले उक्त होमपाइप  पठाएको पक्राउ परेकाहरुले बयान दिएका छन् । यस्तै भूमिकास्थान नगरपालिकामा एमालेले गाउँ - गाउँमा पैसा बाढ्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ । 

अन्य समाचारहरु