मालारानी गाउँपालिकाद्वारा बिकास निर्माण, स्थानिय गतिबिधीलाई समटेर मालारानी बुलेटिन प्रकाशित

मालारानी गाउँपालिकाद्वारा बिकास निर्माण, स्थानिय गतिबिधीलाई समटेर मालारानी बुलेटिन प्रकाशित

सुर्य भुसाल 

खनदह, अर्घाखाँची जेठ १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले बिकास निर्माण, स्थानिय सबै कार्य,  काेराेना सम्बन्धी गतिबिधीहरुलाई समेत समेटिएको गाउँपालिका बुलेटिन प्रकाशित गरि  सार्बजनिक गरेको छ । 


काेराेना प्रकाेप सुरू भई नेपाल सरकारद्वारा गरिएकाे लक डाउन पश्चात चैत्र र बैशाख महिनामा गरेका गतिबिधिलाई समेटेर बुलेटिन प्रकाशन गरिएकाे र प्रत्येक २ महिनाको अन्तरमा बुलेटिन प्रकाशन गर्ने  र आफ्ना गतिविधि सार्वजनिक गर्ने गरि तयारी गरिएको पालिकाका प्रमुुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिनु भयो ।


उक्त बुलेटिनमा कोराना रोकथामका लागि पालिकाले गरेका प्रयास, काेराेना महामारी काेषकाे आय व्यय विवरण, पालिका क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाईनकाे विवरण, स्वास्थ्य संस्थाबाट भएकाे RDT/PCR लगायतकाे चेकजाँचकाे विवरण, पालिका भित्रका मजदुरलाई प्रदान गरिएकाे राहत सामाग्रीकाे विवरण लगायत कोराेना सम्बन्धी लेख रचनाहरु समेत समाबेश गरिएको छ । 

उक्त बुलेटिन प्रकाशनले  सुसासन पार्दर्सिता कायम गरि बिकास निर्माण र काेराेना सम्बन्धी कार्यमा पालिकाले गरेका गतिबधिहरुलाई आम जनतामा जानकारी प्रधान गर्न सक्ने बिश्वास लिएको प्रसासकिय अधिकृत घर्तिले बताउनु भयो ।

घर्ति सरल कर्तव्य निष्ठ ईमानदार राष्टसेवक कर्मचारी  हुन उनले नयाँ नयाँ योजनाहरु अगाडि सारी काम गरेपछि मालारानीबासी खुसी भएका छन् । 

अन्य समाचारहरु