हंसपुरको श्री बालशिक्षा मावि कमरेपानीमा विप्लब निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी (तस्बिर सहित)

हंसपुरको श्री बालशिक्षा मावि कमरेपानीमा विप्लब निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी (तस्बिर सहित)


अनिल नेपाली 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वार्ड नम्बर ८ हंसपुरको कमरेपानीमा रहेको बालशिक्षा माध्यमिक विधालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले विविध माग राख्दै आज विधालय प्रशासनमा ताला लगाएको छ । 


संगठनका जिल्ला उपाध्यक्ष पदम नेपालीद्धारा हस्ताक्षित विज्ञप्तीमा साँस्कृतिक रुपमा पतित प्रधानाध्यापक लाई कार्यबाही गनुपर्ने नियमविपरीत राखिएका शिक्षकहरु लाई खारेज गरी प्रतिस्पर्धाबाट योग्य शिक्षक नियुक्ति गनुपर्ने विधालयको भबन निर्माणमा आर्थिक चलखेत गरी २ न इट्टा प्रयोग गरी विधालय सचरना बनाएको बनाएको सरचनालाई तुरुन्त भत्काएर मापदण्ड अनुसार काम गर्न विधालयका प्रधानाध्यापक विधालयका व्यबस्थापन समितिका अध्यक्षको कम्पनीबाट हटाउन लगायका माग राख्दै ताला लगाएको उपाध्यक्ष पदम नेपालीले बताए । 


विधालय प्रशासनलाई राजनितिक अखडा बनाएर विधार्थीको भविष्य माथि खेलबाड गरे त्यो प्रतिफल नराम्रो त्यसबाट सिर्जित समस्याको स्वयम् विधालय प्रशासन हुने माग पत्रमा उल्लेख गरिएको छ । 


विगत लामो समयदेखि आन्दोलन गदै आएको अखिल क्रान्तिकारीले जिल्लामा देखिएको विकृति विसगतिका बारेमा सघर्ष गदै आएको बताउदै केन्द्रिय सदस्य नविन खड्काले विधार्थीहरुमा माग भएकोले यसमा सबै जिम्मेबार बन्नुपर्ने बताए । 

अन्य समाचारहरु