पाणिनी पर्यटन समाजद्वारा पाणिनी विभिन्न वार्डका क्वारेन्टाइनमा गुनासो संकलन,माक्स वितरण

पाणिनी पर्यटन समाजद्वारा पाणिनी विभिन्न वार्डका क्वारेन्टाइनमा गुनासो संकलन,माक्स वितरण

डिआरजी सुमन 

पाणिनी, अर्घाखाँचीडट्कम । व्युरो रिपोर्ट । पाणिनी पर्यटन समाज अर्घाखाँची मार्फ़त पाणिनी गाँउपालिका स्थित विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको गुनासो संकलन  गरी माक्स वितरण गरिएको छ ।


पाणिनि पर्यटन समाज अर्घाखाँचीले पाणिनिमा क्रियात्मक गतिविधि जारी नै राखेको छ । यसै समयमा पाणिनी पर्यटन समाजअर्घाखाँचीका अध्यक्ष झविन सुनाम, उपाध्यक्ष धुर्वराज घिमिरे,सचीव केशव वन्जाडे , सदस्य राम प्रसाद भट्टराई, प्रवक्ता डिआरजी सुमनसहितको टोलीले पाणिनी गाँउपालिका वार्ड नं ६ धातिवाँग,वडा नं ५ मैदान र पाणिनी ४ पटौटीका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा पुगी वास्तविकता वुझ्ने काम भएको छ । 


सामान्यत : सवै करेन्टाईनमा आन्तरिक व्यावस्था राम्रो भएको पाईएको छ । कोरोना पोज़ेटीभ देखिएकाहरुलाई आत्मवल वढाउनस्वास्थ्य कर्मीले आवश्यक भुमिका खेल्नु पर्नेमा हामीलाई वास्ता गरिएको छैन मैदानको कृष्ण मावी करेन्टाईनमा रहने हरुको गुनासोरहेको पाईएको छ । 


तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम 
 

अन्य समाचारहरु