शितगंगा नगरपालिकाकोे राहत कोेषमा १ करोेड ३२ लाख रकम संकलन

शितगंगा नगरपालिकाकोे राहत कोेषमा १ करोेड ३२ लाख रकम संकलन

नेत्र मरासिनी

ठाडा, अर्घाखाँची ।  विश्वभर फैैलिएकोे नोवल कोेरोेना भाइरस सङक्रमण कोे जोखिम व्यबस्थापनलाइ मध्यनजर गर्दै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रकम जम्मा हुने क्रम बढ्दोे छ । शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रु.१ करोेड ३२ लाख भन्दा बढि रकम जम्मा भएकोे छ ।

अर्घाखाँची प्रबेशको मुख्य नाका मानीएकोे शितगंगा नगरपालीकाले कोेरोेना सङक्रमणकोे जोखिम व्यबस्थापनलाइ उच्च प्राथमिकता संगै प्रकोप व्यबस्थापन कोेषमा समेत रु.८० लाख एकमुष्ट जम्मा गरी स्थापना गरेकोे थियोे ।

कोषमा प्रदेश नं. ५ सरकारबाट रु.१५ लाख,नेकपा शितगंगा बाट रु २ लाख,सुपा देउराली मन्दिर र देउराली यातायात व्यबसायि समिती बाट रु १÷१ लाख जम्मा गरीएको छ ।

त्यस्तै शितगंगा नगर प्रमुख र उहाकोे श्रीमतिका तर्फबाट रु.५१ हजार, शितगंगा उद्योेग वाणिज्य संघले रु.५० हजार,नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले रु.२१ हजार र नेता रेवती प्रसाद भुसाल बाट रु.११ हजार शितगंगा कोेरोेना जोखिम कोेषमा सहयोेग प्राप्त भएकोे छ भने पालीका भित्र रहेका सबैजसो कृषि तथा महिला सहकारीहरुले ५ हजार देखि १० हजारसम्म कोेषमा नगद सहयोेग गरेकोे नगरप्रमुख सुर्य अधिकारीले जानकारी दिनुभयोे ।

नगरप्रमुख अधिकारीका अनुसार नगर कार्यपालीकाकोे सम्पुर्ण टिम र नगरमा कार्यरत शिक्षक,कर्मचारी बाट स्वतह स्फुर्त घोषित करीब पन्ध्र लाख बढि रकम कोषमा जम्मा हुने क्रममा रहेकोे छ ।

नगरपालीकाले कोेषमा जम्मा भएको रकमलाइ पारदर्शि रुपमा खर्च गरीरहेकोे छ । बाहिरी जिल्लाबाट दैैनिक भित्रिने यात्रु मार्पmत कोेरोेना भाइरस सङक्रमण कोे जोखिमलाइ ख्याल गरी डोहोेटेमा हेल्थ डेक्स स्थापना गरीएकोे छ , जसबाट १५ हजार यात्रुको स्वास्थ्य परीक्षण गरीएकोे छ , क्वारेन्टाइनमा बसेका ४३ जना लाइ सन्तुलित खानाकोे व्यबस्थापन र दैनिक ज्याला मजदुरी गरी परीवार चलाउने परीवारका लागी राहत वितरण कार्य जस्ता कार्र्यमा कोेषकोे रकम खर्र्र्च गरीएको नगर उपप्रमुख टिका रेश्मिले जानकारी दिनुभयोे ।

अन्य समाचारहरु