सन्धिखर्कको अलुवाखोलामा सेनाले फायरिङ्ग अभ्यास गर्ने, पशुपंक्षी चरन, आवत-जावत सबै बन्द

सन्धिखर्कको अलुवाखोलामा सेनाले फायरिङ्ग अभ्यास गर्ने, पशुपंक्षी चरन, आवत-जावत सबै बन्द

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित अलुवाखोलामा नेपाली सेनाको फायरिङ्ग अभ्यास हुने भएकोले आवत- जावत बन्द गरिएको छ ।    


सन्धिखर्कको आटिकापाटा फुदवाङ बीचमा पर्ने अलुवाखोलामा ईश्वरीबक्स गुल्मा म्यालपोखरी ब्यारेकमा कार्यरत सक्कल दर्जाहरुलाई असार ६ गते साँझ ६ बजेदेखि असार ८ गते ५:००  बजेसम्म  फायरिङ्ग रेन्ज ईलाकामा फायरिङ्ग अभ्यास हुने भएकोले आवत- जावत बन्द गरिएको हो ।    


साथै अलुवाखोला क्षेत्रमा पशु- पंक्षी चरन लगायत सर्वसाधारणलाई आवत- जावत बन्द गरिएको बताइएको छ । 

अन्य समाचारहरु