जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकैघरका तीन जनाकाे मृत्यु

जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकैघरका तीन जनाकाे मृत्यु




सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भत्किँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

गएराति करिब साढे २ बजे आयोजनाको पावर हाउसमा पानीको बहाव बढी भई पावर हाउस भासिएको हो ।

घटनामा परी ज्यान गुमाउनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उनका दुईछोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी इन्सपेक्टर भुवन भट्टका अनुसार पावर हाउसमा ल्याइएको ल्याइएको कुलोबाट पानी घरमा पस्दा उक्त घटना भएको हो ।


अन्य समाचारहरु