आज श्रावण शुक्ल नागपञ्चमि हिन्दु घर्माबलम्बि हरुले नागको पुजाआजा गरेर नागपन्चमि पर्व मनाउदैछन ।
नागपञ्चमी पर्व नागको पूजा आराधना गरी मनाइन्छ । यसो गर्दा नागदेवता प्रसन्न हुने र बाधा अड्चन बाट मुक्ति मिल्ने बिस्वास रहदै आएको छ । शेषनाग , अस्टनाग , कालिनाग लगायतका नागका आकृति बनाइ पुजापाठ गर्दै नागको तस्बिर दैलोमा टास्ने चलन पनि रहेको छ ।
यसरि नागको पुजाआजा गरि नागदेवता खुसि पारेमा सर्पले सताउने सगैं काल सर्प दोषबाट मुक्ति पाउने बिस्वास रहेको छ । यसका साथसाथै यस दिन खाँचोमा परेकालाई दान गर्नु पनि लाभदायक हुने बिस्वास गरिदै आएको छ ।
धेरै पौराणिक लेखहरूमा पनि नागपञ्चमीको महत्व उल्लेख गरिएको छ। पौराणिक कथा अनुसार यस दिन नागदेवताको पूजा गर्ने व्यक्तिलाई अशुभ ग्रह राहु र केतुले ल्याएको सबै प्रकारका दुर्भाग्यबाट मुक्ति मिल्छ भन्ने बिस्वास रहेको छ। ज्योतिष शास्त्रका अनुसार काल सर्प दोषबाट पीडित व्यक्तिले नागको पुजा गरेमा यसका अशुभ परिणामबाट मुक्ति पाउन सक्छन् भन्ने पनि मान्यता रहेको छ ।
विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी रहेको छ । किंबदन्ती अनुसार नागले नै यो संसार अड्याएको भन्ने हिन्दु धर्म सम्बम्धित धर्मगुरु हरुले बताउदै आएको पनि हाम्रो समाजमा सुनिन्छ ।
अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ ।