नुवाकोटको पिपलनेटामा कांग्रेस भुमिकास्थानको वार्ड भेला सम्पन्न | एमालेले फर्जी पार्टी प्रवेश भनेर अफवाह फैलायो (तस्बिरहरु)

नुवाकोटको पिपलनेटामा कांग्रेस भुमिकास्थानको वार्ड भेला सम्पन्न | एमालेले फर्जी पार्टी प्रवेश भनेर अफवाह फैलायो  (तस्बिरहरु)


दिपेन्द्र पौडेल 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको पिपलनेटामा काङ्ग्रेसले वार्ड भेला गरेको छ । भेलामा आगामी  स्थानीय चुनावका  रणनीतिक  बिषयहरुमा छलफल भएको  थियोे ।


मुकुन्द खनालको  संचालन , नारायण बहादुर खत्रीको सभातितब र  प्रमुख अथिति महाधिवेशन प्रतिनिधि चन्द्र कला गैरे लगाएतका बिशिस्ट ब्यक्तीहरु उपस्थित कार्यक्रममा अबका उमेदवारमा हुनुपर्ने विशेषताका बिषयमा पनि समान्य छलफल भएको थियो।

भेलामा बोल्दै तरुण दल भुमिकास्थान अध्यक्ष राजकुमार  श्रेस्ठले अब  नुवाकोटमा एमाले पार्टीको  बर्चस्वलाई  भत्काउने  दावी गरे । उनले  त्यो क्षमता काङ्ग्रेसमा भएकोले  अहिले पार्टिलाइ बिजय गराएर  देखाउने ठोकुवा गरे । 


 यस्तै मुकुन्द खनालले  एमालेको रजाइँले जनता आजित बनेको र जनताले नयाँ बिकल्प  खोजी गरेको त्यो बिकल्प काङ्ग्रेस भएको स्पष्ट पारे ।

भेलामा  अशोक श्रेष्ठ ,  चिरञ्जीवी पौडेल , काशिराम गैरे , चन्द्रा गैरे , ज्ञान् श्रेष्ठ  लगाएतका बक्ताहरुले  फर्जी पार्टी प्रवेश भनेर   एमालेले अफवाह फैलाएको भन्दै काङ्ग्रेसका  कुनैपनि कार्यकताले पार्टि नछोडेकोले  भ्रमको पछि नलाग्नु हुन आम जनतालाई  आग्रह गरेका छन ।

अन्य समाचारहरु