स्वदेश मै रोजगार देउ (कविता)


पारस भट्टराई 

विदेश मै मर्दैछन् कि 
अब त देख्छन् गाउँ            


बिहान बेलुका छैन खाना भन्छन् के खाउँ     

एक थरी काम भनि गर्दैछन् रे अर्को काम

बिदेशी भूमिमा नै युबा को हराउँदै छ नाम

रेमिट्यान्स ले गर्दा खेरी भैराथ्यो नि बिकास

अहिले त रेमिट्यान्स नि भएको छ रे त ह्रास

१७/१८ घन्टा काम गरि सुत्ने बेला‌ हुने कैले 

युवा हरु स्वदेश बाट बिदेश मै जानुपर्ने जैले
  
चुहिने घर लाई सबै जनाले लगाउनु छ छाना  

यहि सोच्दै बिदेश तिर हिड्दै छन् नि सबैजना

दुख पाएका युवा लाई त स्वदेश फिर्ता गरौ लौन

यति  थाहा पाउदा पनि सरकार बसेको छ  मौन

सधैं उत्पादन गर्छन नि कृषक नगर्ने  पक्कै हैन

उत्पादन गरिएको बस्तु भने बिक्री त कहि छैन

छोरा बिदेश गएपछि त श्रिमति बजार मा झर्ने

बुढा भाका बाआमा ले गाउमाँ चाहिँ के हो गर्ने

पैसा कमाउन सबैलाई पुग्नैपर्दो रहेछ नि बिदेश

सबै कुरामा सबैले  सरकारलाई  दिनु हुदैन दोष

अब सबैले सोच बनाउ गाउँ मै बसेर  केही  गर्ने

सबैजना ले सोच हटाऔं आजैदेखि बिदेश पस्ने