हंसपुरका एक शिक्षक आफ्नै विद्यालयकी विधार्थीलाई जबरजस्ती करणी आरोपमा पक्राउ

हंसपुरका एक शिक्षक आफ्नै विद्यालयकी विधार्थीलाई जबरजस्ती करणी आरोपमा पक्राउ


भिम बिश्वकर्मा | अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ७ हंसपुरका एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।


गत फागुन १९ गते हंसपुरको मा.वि. स्तरको विद्यालयमा अध्यापन गराउने २७ वर्षिय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ ।

यस्तै शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 

अन्य समाचारहरु