मैदानको श्री जन ज्योति आधारभूत विद्यालय भर्तापुरले पठनपाठन शुरु गर्ने

मैदानको श्री जन ज्योति आधारभूत विद्यालय भर्तापुरले पठनपाठन शुरु गर्ने

प्रदिप सूर्यवंशी

मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका  वार्ड नं:-५ मैदानको भर्तापुरमा रहेको श्री जन ज्योति आधारभूत विद्यालयले पठनपाठन शुरु गर्ने भएको छ।

मैदानको भर्तापुरमा रहेको श्री जन ज्योति आधारभूत विद्यालयले आईतबार एक कार्यक्रम गरी सामाजिक दुरी कायम गर्दै अर्को सूचना नआउन्जेलसम्म सोमबारबाट पठनपाठन शुरु गर्ने भएको हो ।

स्कुल बिद्यार्थी   बिहान १०:१५ बजे पुगिसक्नुपर्ने  दिउसोको ४५ मिनेट हुने छुट्टी  भिडभाड हुने कारणले खेल खेल्न बिद्यार्थी बन्जित गरिएको र ३:५० मै छुट्टी गर्ने र घरका अभिभावक समयमा आ-आफ्नो नानी बाबू समयमा घर  पुगेको नपुगेको समय हेर्नुपर्ने र स्कुल आउदा र जाँदा कम्तिपनी २ मिटरको  सामाजिक दुरी  गर्नुपर्ने समेत प्रधानध्यापक  सिंजालीले अर्घाखाँचीडट्कमलाई वताउनुभएको छ।

कार्यक्रममा विद्यालयका समिति, शिक्षक,शिक्षिका, पाणिनी गाउँपालिका ५ वडासदस्य धन बहादुर सिंजाली, बिद्यालय ब्यबस्थापन समितिका सदस्य बुद्धि बहादुर गाहा, सबै बिद्यार्थीको अभिभावक यसैगरि स्वतंत्र पत्रकार संघ अर्घाखाँची शाखाका प्रदेश सहचिब प्रदीप सूर्यबंशीको पनि उपस्तिथि रहेको थियो। विद्यालयका प्रधानध्यापक नन्द बहादुर सिंजालीले कार्यक्रम संचालन गर्नुभएको थियो।

विद्यार्थीलाई अभिभावकले नि पढाउने सिकाउने काम गरिएको थियो। र मोटर बाटोको कारण केही भागमा भलले बिगारेको र त्यो मर्मत गर्न  नब्बे हजार बजट आएको पनि  पनि वडासदस्यले अर्घाखाँचीडट्कमलाई बताए र बिद्यार्थीहरुलाई खेल खेल्ने चौर पनि नभएको  पुर्ब प्रधानध्यापक प्रेम बहादुर रोकाहाले जानकारी दिनुभएको छ। स्कुल आउदा भन्दा पहिले र स्कुलबाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, विद्यार्थीहरुलाई कपडाको धुनमिल्ने कम्तीमा पनि एक जोडि माक्स अनिवार्य किनिदिनुहुन सम्पुर्ण अभिभावकलाई जानकारी समेत गराएका थिए।

कोभिड १९को कारण  यस बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भएको थिएन् । 

यस विद्यालयको स्थापना वि.स. २०२७ सालमा भएको थियो। र पहिले श्री जन ज्योति माध्यमिक विद्यालय नाम वाट सञ्चालन  भएको थियो भने वि.स. २०७४ वैशाखदेखि यस विद्यालयको नाम श्री जन ज्योति आधारभूत विद्यालय राखिएको छ।

 कोभिड १९ को समय पढाई ५ तरिकाले पढ्न सक्ने जस्तै रेडियो टिभी, अनलाइन, शिक्षक टोल-टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम भनिएपनि यो ठाउँमा भौगोलिकको हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तबरले पढाउने काम भएको थिएन् । 


तस्बिर:- प्रदीप सूर्यवंशी,

अन्य समाचारहरु