जलुकेको रान्सिङ्ग खोलामा अवैध ढुङ्गा चोरी निकासी गरेको आरोपमा ट्याक्टर नियन्त्रणमा

जलुकेको रान्सिङ्ग खोलामा अवैध ढुङ्गा चोरी निकासी गरेको आरोपमा ट्याक्टर नियन्त्रणमा


अर्घाखाँचीडट्कम संवाददाता

जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ८ जलुकेको रान्सिङ्ग खोलामा अवैध रुपमा ढुङ्गा चोरी निकासी गरेको आरोपमा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । 


जलुकेको रान्सिङ्ग खोलामा आईतवार राती १२ बजे अवैध रुपमा ढुङ्गा चोरी निकासी गरेको आरोपमा प्रहरीले लु ४ त १३६१ नंम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । 


अवैध रुपमा ढुङ्गा चोरी निकासी भैरहेको पाईएकोले उक्त सवारी साधन नियन्त्रणमा लिई प्रहरी चौकी सातमारामा दाखिला भई आवश्यक कारबाहीको लागि शितगंगा नगरपालिका वार्ड  नं. ८ को वडा कार्यालयमा पठाइएकोमा रु. २०,०००।-(रु.बिस हजार) जरिवाना भएको छ । 

अन्य समाचारहरु