सन्धिखर्क - ३ र ४ वाङ्लामा मेलमिलाप केन्द्र स्थापना (तस्बिर सहित)

सन्धिखर्क - ३ र ४ वाङ्लामा मेलमिलाप केन्द्र स्थापना  (तस्बिर सहित)


प्रेमनारायण आचार्य 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ र ४ वाङ्लामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
 

 मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयाेजक ठाकुर कुमार विकले  साना तिना झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन आग्रह गर्नुभयो । 


कार्यक्रममा न्यायिक समितिका सदस्यहरु प्रितम थापा, आशा परियार , अधिकृत छैठाै जीवनारायण आचार्य , पत्रकार माहासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतको उपस्थिति रहेको थियोे ।

वडा नम्बर ३ काे कार्यक्रम वडा अध्यक्ष लिलाराम गाैतम,  कार्यपालिका सदस्य सृजना विक,  सदस्यहरु दधिराम साेमै, जुठे मिया , वडा सचिव लाल प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियोे ।


वडा नम्बर ४ काे कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , वडा सदस्य हुमलाल श्रेष्ठ , लाेचनादेवी सुनार, उमानन्द अधिकारी ,वडा सचिव सृजना घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु