एमाले अध्यक्ष ओलीले गरे कलाकारलाई सम्मान

एमाले अध्यक्ष ओलीले गरे कलाकारलाई सम्मान

दिपक भुसाल 

 स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू सम्मानित भएका छन्।


 राष्ट्रिय जन सांस्कृतिक महासंघको घटक संगठन , राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कलाकारहरुलाई कदरपत्र द्धारा सम्मान गरेका हुन् । ।यस कार्यक्रमको अध्यक्षता बैकुण्ठ महतले गरेका थिए । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली थिए । देशै भरीबाट कलाकारहरु यसकार्यक्रममा सम्मानित हुने अबसर पाएका थिय । 

कमल वली,बद्री पंगेनी, पूर्णकला बिसी लगायत अर्घाखाँचीका कलाकार पनि ठुलै सङ्ख्यामा सम्मानित भएको देख्न पाइयो । कलाकारिता क्षत्रमा फड्को मार्दै अगाडि बढेका कलाकारहरु जनसांकृतिक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोतिराज खनाल , गायककार / संगितकार तथा रचनाकारको रुपमा सम्मानित भएका थिए । खनालले चुनावमा आयो एमाले छायो एमाले भन्ने गीत बजारमा ल्याएका थिए । जन संगितका केन्द्रीय सदस्य चिरञ्जीवी अर्याल / जिवन परियार साथै गायक कुशल बेल्बासे, अभिनव चौहान , दर्पण यात्री , सुनितामी परियार, प्रदीप खड्का , रेखा विश्वकर्मालाई भब्य कार्यक्रमका बिच सम्मान तथा प्रसंशा पत्र वितरण गरिएको थियो। 


उक्त कार्यक्रमले कलाकारहरुलाईलाई थप हौसला मिलेको कलाकारहरुले बताए । एउटै कार्यक्रममा यतिधेरै कलाकार सर्जक हरुलाइ सम्मान भएको सायद पहिलो हो । राष्ट्रिय जन संगित कलाकार संघले कलाकारहरुलाइ यसरी भब्य कार्यक्रममा सम्मान गरेकोमा कलाकार हरुले आयोजकलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

अन्य समाचारहरु