जुकेनामा एकिकृत समाजवादीको चुनावी बैठक सम्पन्न

जुकेनामा एकिकृत समाजवादीको चुनावी बैठक सम्पन्न

हृदय कुमार भुसाल 

जुकेना, अर्घाखाँची । नेकपा (एकिकृत समाजबादी) शितगंगा नगरपालिका वाड ६ जुकेना वाड कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । 


बैठकले सदस्यता बिस्तार,टोल कमिटी बैठक, घरदैलो अभियान संचालन,जनबर्गिय सगठ्न गर्ने महत्त्वपूर्ण निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।बैठकका प्रमुख अथिती पार्टी केन्द्रिय सदस्य पिताम्बर सारुले सबैलाई पार्टी काममा एक भयर लाग्न आग्रह गर्दै चुनाव केन्द्रित गतिविधिलाई तीब्रता अगाडी बढाउनु पर्ने बताए ।

केन्द्रिय सदस्य सारुले प्रतिगामी तत्वहरु हार्ने निश्चित भए पोछि गलत भ्रम लियर जनताको बिचमा हिडेको भन्दै सशक्त ढंगले बिजयको यात्रामा अगाडी बढनु पर्ने बताए । बैठक लाई पार्टी जिल्ला कमिटी उपसचीव द्वय हृदय कुमार भुसाल नारायण शर्मा, जिल्ला कमिटी,जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष नारायण बेल्वासे जिल्ला कमिटी सचीवालय सदस्य गोबिन्द पोख्रेल जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सचीव बिक्रम आचार्य, जिल्ला कमिटी सचिवालय सदस्य लेखमणी आचार्य,जिल्ला कमिटी सदस्य शेयर बहादुर थापा लगायतका नेताहरूले प्रशिक्षणमुलक मनतब्य राखेको सचिव टिका बिकले जानकारी दिएका छ्न ।

बिस्तारित बैठक वाड कमिटी अध्यक्ष कमल आचार्यको अध्यक्षता सुशील भट्टराईको स्वागत मनतब्री सचीव टिका बिक को संचालनमा सम्पन्न भएको नेकपा एसले जानकारी दिएको छ ।

अन्य समाचारहरु