सन्धिखर्कमा जीपको ठक्करबाट एकको मृत्यु, ४ जना गम्भिर घाइते

चुत्राबेसीको अर्घाखाँची अस्पतालबाट देखिएको जनज्योती स्कुल, मसाल बजार लगायत ।
 
शोभाखर पन्थी
 
सन्धिखर्क, अर्घाखाँची जेष्ठ- २२ ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जीपले ठक्कर दिँदा एकजनाको मृत्यु हुनुका साथै दुई जना बालबालिका सहित ४ जना गम्भिर घाइते भएका छन् ।
 
सन्धिखर्क २ को मसाल बजारबाट भक्तिटोला तर्फ आउँदै गरेको बा ११ च ४२०६ नं. को बलेरो जिपले अनियन्त्रीत भई ठक्कर दिंदा सन्धिखर्क २ की ३५ वर्षिया शिव कला खत्रीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

घटनामा खिल्जी ८ घर भई हाल सन्धिखर्क २ बस्ने वर्ष २२ की मिना बन्जाडे, सन्धिखर्क २ का ६ वर्षिय बालक रोचक रायमाझी, खनदह ४ की वर्ष २२ की कविता चौहान, उहाँकी ४ वर्षकी छोरी एलिशा चौहान गम्भिर घाइते हुनु भएको छ ।
 
घाइतेहरु मध्ये रोचक रायमाझीलाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भई रहेको प्रहरी निरिक्षक गोविन्द पन्थीले बताउनु भयो ।

ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने गाडी चालक फरार छन् ।
 
स्थानीय बासिन्दाहरुले नयाँ शिकारुले गाडी चलाएकाले दुर्घटना भएको बताएका छन् । तर प्रहरीले भने घटनाबारे अनुसन्धान भईरहेको र चालकको एक्कीन पहिचान हुन बाँकी रहेको जनाएको छ ।
 
 

अन्य समाचारहरु