मैदानमा एक जना मजदुरको पहिरोमा पुरिएर मृत्यु

मैदानमा एक जना मजदुरको पहिरोमा पुरिएर मृत्यु


डिआरजी सुमन 

मैदान, अर्घाखाँची, २९ साउन (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं ५ मैदानमा पहिरोले पुरिएर पाणिनी गाँउपालिका वार्ड नं ६ धातिवाङ्ग निवास एकजना श्रमिकको मृत्यु  भएको छ । 


मैदानका मेघराज घिमिरेको निर्माण हुँदै गरेको पक्की भवन पलास्टर गर्ने क्रममा आज शनिबार साँझ ५ वजे गएको पहिरोमा परि पुरीएर धातिवाङ्गका ४४ बर्षिय मानबहादुर सुनारको मृत्यु भएको पाणिनी गाँउपालिका वार्ड नं ५ वडाअधक्ष्य जीवलाल घिमिरेले अर्घाखाँचीडट्कमलाई जानकारी गराउनु भएको छ ।

साथै स्थानीय बासिन्दा, पाली प्रहरी चौकी प्रहरीको पहलमा जेसिवी मेसिनको सहयोगले डेढघण्टासम्म माटो फाल्दा राति करिब ९ बजे सुनारलाई  मृत अवस्थामा फेला पारिएको थियो ।  

सुनारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु