जनआन्दाेलन (कविता)

जनआन्दाेलन (कविता)

पीताम्बर भट्टराई

बाेलेकाे मनमा जलेर जनकाे आत्मा अंगारै थियाे
उर्लेकाे जनकाे बहार हुलमा दाैडेर जांदाे भयाे

हातैमा छ जहाँ मसाल जसकाे जागेर लागे यहाँ
बाेकेका करमा सबै फरर हल्लाए त हाबैमहा

नाराले गगनैछ आज सबकाे आवाज थर्काउने
साथैमा हिडने सिपाहि संगमा गाेलीर लाठी लिने

साथैमा हतियार बन्दुक लिदै उर्लेर थर्काउने
अश्रुग्यास संगै लडेर भिडने हांस्दैर नाच्दै हुने

छाति त्याे बलियाे अभेद दरिलाे टुट्दैन तेसै कबै
हानेका हतियार गाेलि लहुरा खाएर लड्दै गरे

लड्दै त्याे बिरलेअझैकबच भै मैदान बढ्दै गए
लासैकाे गणना गरेर हटने हट्दै न हट्ने भए

अस्त्रैकाे डरले भएन जनतासंत्रास त्यहा कतै
आगाेझै बढने फुटाइ पहरा जे जे परेता उसै

ढाल्नें छाैं सरकार पञ्चहरुकाे राजा रजाैटा भनी
मागेथ्याैं सरकार त्याे जुलुसकाे  आफ्नै थियाे त्याे घरि

लाखाै लाख भए सहिद रणमा घाएल थुप्रै हुँदा
त्यसैकाे फलले छ देश अहिले गणतन्त्र नेपाल याे

ल्याएकाे जनले बगाइ पसिना संमान गर्दै सब
छाड्दैनाै जनले भएन अबता बाच्नै भयाे लाै भय

आफ्नै पेट भरेर शासक सबै नेपाल खायाै यहाँ
खाल्टाे त्याे खनिदै हुदैछ अहिले तैयार लैा हाै यहाँ