नरपानी र खाँचीकोटको चुनढुङ्गा उत्खनन् कार्यलाई नरोक्ने हो भने अर्घाखाँचीको नै अस्तित्व नरहने भु तथा पर्यावरण अभियानका केन्द्रिय अध्यक्षको भनाई (नरपानी र खाँचीकोटका मनमोहक तस्बिरहरु सहित)

 
- देवेन्द्र कुँवर

सन्धिखर्क, अर्घाखाँची जेष्ठ ११ । वातावरणीय विनासले मानव जगतमात्र नभएर सिंगो जीवजगतलाई नै ध्वस्त पार्ने भएकोले भु तथा पर्यावरण संरक्षणको लागि सबैको चासो हुनुपर्ने आवश्कता रहेको भु तथा पर्यावरण अभियानका केन्द्रिय अध्यक्ष रश्मिराज नेपालीले बताउनु भएको छ । 

भु तथा पर्यावरण संरक्षण अभियानको आयोजनामा सन्धिखर्कको कर्मचारी मिलन केन्द्रको हलमा आयोजित अन्तरक्रियामा प्रमुख हतिथिको आशनबाट बोल्दै नेपालीले उक्त कुरा बताउनुभएको हो । नेपाली लगायत महेश रिजाल, छविलाल कोपिला र देवेन्द्र कुँवरको टोलीले जेठ ८ गते नरपानीको नरनर्ताञ्चल र खाँचीकोटको तिनपाने लेकको अवलोकन समेत गर्नुभएको थियो । 

अवलोकन गर्ने क्रममा आफुहरुले त्यहाँकोे उत्खनन्को बारेमा जनताको विचार बुझेको बताउदै सो कार्यलाई रोक्नु पर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै नरपानी र खाचीकोटको उत्खनन् कार्यलाई नरोक्ने हो भने त्यहाँका जनताको मात्र उठिबास लाग्दैन सिङ्गो अर्घाखाँचीको नै अस्तित्व नरहने बताउनु भयो । चुनढुङ्गा उत्खनन्को विकल्पमा पर्यटन क्षेत्रको विकास र जडिबुटी उत्पादनकार्यमा जोडदिने हो भने राम्रो आम्दानी गर्न सकिन्छ र पर्यावरण पनि जागाउन सकिन्छ । देबेन्द्र कुँवरको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता तथा स्वागत भु तथा पर्यावरण संरक्षण अभियानका केन्द्रिय सदस्य सागर केसीले गर्नुभएको थियो । 

सहभागी तथा अतिथिहरुलाई  अभियानका केन्द्रिय सदस्य महेश रिजालले धन्यावाद दिनु भएको थियो र कार्यक्रममा राजमोका केन्द्रिय सदस्य झविलाल थापा, नरपानी चुनढुङ्गा रोक्का संघर्ष समितिका शेरबहादुर विसी, नेपाली कांग्रेसका जिल्ला सचिव लोकेन्द्र विक, नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान, नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुषाल, राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्रबादुर गल्याङ्ग, जिवीसका योजना अधिकृत तथा सन्धिखर्क नगरपालिकाका  कार्यकारी अधिकृत धु्रव गिरी, जिल्ला वन कार्यलय साहायक वन अधिकृत डिलाराम पौड्याल, पाणिनी क्याम्पसका प्रध्यापक जगन्नाथ भुषाल, गाविस हकहित संरक्षण केन्द्रका केन्द्रिय सदस्य विनोद कुँवर, वातावरण संरक्षण केन्द्र अर्घाखाचीका हिम बहादुर जिसी (लेकाली), नेपाल पत्रकार  महासंघका राष्ट्रिय परिषद् सदस्य छविलाल कोपीला, पत्रकार तथा रिपोटर्स क्लबका जिल्ला उपाध्यक्ष विरेन्द्र केसी लगायतले बोल्दै बातारण जोगाउन सबैको चासो  र खाचो आवश्यकता रहेको बताउनु भएको थियो । सो कार्यक्रममा सबै सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । 

नरपानी र खाँचीकोटका मनमोहक तस्बिरहरु >
 

अन्य समाचारहरु