पाणिनीको दुर्वाशेश्वर गुफा परिसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न । शिवरात्री धार्मिक महोत्सवको तयारी (तस्वीर/भिंडियों सहित)

पाणिनीको दुर्वाशेश्वर गुफा परिसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न । शिवरात्री धार्मिक महोत्सवको तयारी (तस्वीर/भिंडियों सहित)


डिआरजी सुमन

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धनको लागी महत्वपूर्ण स्थान मध्येको ऐतिहासिक महत्व वोकेको सत्तले गुफामा समय समयमा विभिन्नकार्यक्रम हुदै आएका छन  ।


पाणिनि गाँउपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य दुर्वाशेश्वर (सततले गुफा) परिसरमा मंगलवार वृहतसरसफाई भएको छ । 


पाणिनी गाँउपालिका ०३ दुर्गाफाँटवासीले गुफ़ा परिसरमा सरसफाई गरेका छन ।


पाणिनि गाँउ पालिका को केन्द्र दुर्गाफाटमा रहेको यस गुफामा आगामी शिवरात्रि को अवसरमा धार्मिक महोत्सव को तयारीमा रहेकोलेसरसफाई सहितका कार्य भईरहेको पाणिनि पर्यटन समाज ले जनाएको छ ।


पाणिनि पर्यटन समाज र दुर्गाफाँटवासीको संयुक्त पहलमागुफ़ा परिसर सरसफाई भएको हो । - तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु