खनमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

खनमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


अर्घाखाँचीडट्कम संवाददाता 

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका गाउँपालिका वार्ड नम्बर ४ खनमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ। 


खनको नुगाली टोलामा मंगलबार साँझ लु ४ प २७ ९१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा २७ वर्षीय  कमल विक(प्रेम)को मृत्यु भएको हो । भने दुई जना घाइते भएका छन् ।

दुर्घट्नामा परेर घाइते भएका उनलाई बुटवल रिफर गरिएको र उपचारकाे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यायलय खनले जनाएको छ।

यस्तै ट्याक्टरमा चालक सहित ३ जना सवार रहेकोमा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । ट्याक्टर सडकबाट तल पल्टिएको छ । साथै दुर्घट्नाको कारण खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।     

अन्य समाचारहरु