चिदिकाको आपचोरकी एक २५ वर्षिया विवाहित युवती ३ लाख रुपैया लिएर बेपता

चिदिकाको आपचोरकी एक २५ वर्षिया विवाहित युवती ३ लाख रुपैया लिएर बेपता


दिपक भुसाल 

चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकाको आपचोरकी एक विवाहित युवती बेपता भएकी छिन् । 


चिदिकाको आपचोरका खुम बहादुर मुखियाकी २५ वर्षिया श्रीमती गंगा मुखिया   ३ लाख रुपैया लिएर बेपता भएकी हुन् । 

गंगा साउन ११ गते सोमबार साँझ ८:३० बजेदेखि बेपत्ता भएकी हुन् । उनी अहिलेसम्म परिवारको संपर्कमा अाएकी छैनन् । 

कसैले देखेमा नजिकको प्रहरी वा परिवारकाे नम्बर ९८६७२३१०२१, ९८४३७१९६९८ संपर्क गर्न सक्ने बताइएको छ । 

उता अर्घाखाँचीमा पछिल्लो समय बेपत्ता हुने युवतीको संख्या बढेको देखिन्छ । 

अन्य समाचारहरु