अखण्ड सुदूरपश्चिमको माग गर्दै थालिएको सुदूरपश्चिम बन्दले जनजिवन अत्यन्त कष्टकर र अस्तब्यस्त

दिलवहादुर छत्याल/पुष्पराज जोशी
 
धनगढी - आमहड्ताल लम्बिदै जाँदा धनगढीमा अखण्ड सुदुरपश्चिम हुनुपर्छ र अखण्ड हुनुहुँदैन भन्ने पक्षहरु आफ्नो शक्ति प्रदर्शन गर्ने होडबाजीमा लागेका छन्। दुवै पक्षको आफ्नो विपक्षमा रहेका सुदूरपश्चिमका नेता र सभासद्का पुत्ला जलाउने पनि होडबाजी नै चलेको छ।

नौ दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राख्दै सडकमा आन्दोलन चर्काएका छन्। तीन दिनदेखि अखण्ड सुदूरपश्चिमको पक्षमा निस्केको प्रदर्शनमा हजारौंको सहभागीता देखिएको छ। भने तीन दिनदेखि कैलालीको धनगढी, अत्तरिया, टीकापुर लगायतका सुदूरपश्चिमका विभिन्न ठाउँमा अखण्ड सुदूरपश्चिमको विपक्षमा विज्ञप्ती निकाल्ने २२ सभासद्का पुत्ला बनाएर जलाइरहेका छन।

सभासदको पुत्लाको शवयात्रा बनाएर पनि जलाए। शनिबार कैलालीका अत्तरियामा २२ गोरुलाई सभासद् बनाएर जुलुस निकालेको अत्तरियाका लोकराज पाण्डेय आगोले बताए। अत्तरियामा प्रदर्शनमा उल्लेख्य सहभागीता थियो। टीकापुरमा पनि प्रदर्शनमा उल्लेख्य सहभागीता थियो।

शनिबार धनगढीमा सभासदलाई फाँसीमा झुण्ड्याएको पुत्ला बनाएर नगरपरिक्रमा गराएका थिए। धनगढीमा बिहानै क्याम्पस रोड र ट्राफिक चोराहवाट एकै साथ निस्केको हजारौंको जुलुस एल एन चोकमा कोण शभामा वदलिएको थियो। यसैगरी अखण्ड सुदूरपश्चिमको पक्षधरको जुलुस सकिएको केहीबेरमै यसको विपक्षमा थारुहट हुनुपर्छ भन्दै अर्को पक्षले वाजागाजा र नाचगानसहित सयौको जुलुस निकालेका थिए।
 
शनिबार साँझ अखण्ड सुदूरपश्चिमहुनुपर्छ भन्दै पुनः प्रदर्शनकारीले हजारौंको जुलुस निकालेका थिए। अखण्ड सुदूरपश्चिम पक्षधरले निकालेको प्रदर्शनमा विहान र साँझ हजारौको सहभागीता हुने गरेको छ। अधिकारीकरुपमा यो आन्दोलनलाई कुनै पनि राजनीतिक दलले पनि समर्थन नगरेको भए पनि जुलुसमा नेपालीका कांग्रेसका जिल्ला स्तरिय नेता र कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको देखिन्छ। नेकपा एमालेका पनि नेता र कार्यकर्ता सहभागीता छ। एकीकृत माओवादीका कार्यकर्ताको पनि सहभागीता छ। पसल बन्द गरेका ब्यापारीको प्रदर्शनमा बाक्लो उपस्थिति पनि देखिन्थ्यो।

अखण्ड सुदूरपश्चिम हुनुपर्छ भनेर प्रदर्शनमा निस्केकाले बिरोधमा बिज्ञप्ती निकाल्ने २२ शभासदको पुत्ला दहन गरेका छन्। एकपछि अर्को जुलुसले धनगढी दिनभरि जुलुसमय बनेको थियो।

थारुहट पक्षधरले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पुर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्द, एमालेका नेता भीम रावल, एकीकृत माओवादीका पोलिटव्युरो सदस्य लेखराज भट्टको पुत्ला दहन गरेका छन्।

थारुहट हुनुपर्छ भनेर धनगढीमा गरिएको प्रदर्शनमा कैलालीका विभिन्न ठाउँबाट सहभागी ल्याइएको थियो। उनीहरुले प्रदर्शनमा वाजागजा र नाचगान सहित प्रदर्शन गरेका छन्।


थारुहटको पक्षमा धनगढीको क्याम्पस रोडबाट सुरु भएको जुलुस ट्राफिक चौराहा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीबाट संविधान सभा सदस्य कृष्णकुमार चौधरीले संविधान सभाको चुनावकै क्रममा थारुवान राज्यका लागि जनमत भइसकेकाले अब जनमतको कुरा गर्नु संघीयताको विरोध गर्ने काम रहेको बताए।

कोण सभालाई सम्बोधन गर्दै थरुहट तराई पार्टीका नेता गोपाल दहितले थरुहट/थारुवान प्रदेशका लागि चितवनसम्म आन्दोलन चर्केको बताए। दुवै पक्ष आफ्नो शक्ति प्रदर्शनमा गर्नमा केन्द्रीत छन्। दुवै पक्ष शक्ति प्रदर्शनमा लागीपरेकाले नौ दिनदेखिको आमहड्ताल अनिश्चित बनेर एकातिर जनजिवन अत्यन्त कष्टकर र अस्तब्यस्त बनेको छ भने अर्कोतिर जतिसुकै बेला पनि भयावहतिर अबश्गा अगाडी बढ्ने संकेत देखिएको छ।
९ दिनदेखिको बन्दे यतायात, स्कुल, उद्योग,पसल, हवाईसेवा, एटिएम, सरकारी कार्यालय सवै बन्द छन।

स्थानीय बासिन्दा खाद्यान नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा छन्। औषधी नपाएर बिरामी सास्तीमा छन। बिरामी अस्पतालसमेत जान सकेका छैनन्।

अन्य समाचारहरु