जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको सुचना

 
नव वर्ष २०७२ सालको हार्दिक मंगलमय शुभकामना सहित विद्यार्थी भर्ना कार्यक्रम र विद्यालय स्तरमा हुने हिंसा तथा यौन दुव्र्यवहार विरुद्धको राष्ट्रव्यापी सप्ताह निम्न कार्यक्रमहरु गरी मिति २०७२ बैसाख ०३ गते देखि ०९ गते सम्म आ-आफ्नो विद्यालय तथा श्रोतकेन्द्रमा भव्य रुपमा संचालन गर्नुहुन अनुरोध छ । 

१. २०७२ बैसाख ३ गते सन्धिखर्क नगरपालिका अन्तर्गतका सबै विद्यालयका शिक्षक तथा विद्यार्थीहरु विहान ११ः०० बजे सन्धिखर्क स्थित शान्ति बगैंचामा उपस्थित हुने र अन्य विद्यालयका शिक्षक-विद्यार्थीहरु आ-आफ्नो विद्यालयमा उपस्थित भई प्लेकार्ड र ब्यानर सहित -याली तथा प्रवचन कार्यक्रम गर्ने । 

२. २०७२ साल बैसाख ०४ गते देखि ०९ गते सम्म विद्यालय नआउने बालबालिका रहेका बस्ति पहिचान गरी घर दैलो आदी कार्यक्रमको माध्यमबाट उनीहरुलाई विद्यालयमा भर्ना गराउने । 

३. सबै विद्यालयहरुले स्थानीय सरकारी एवं गैर सरकारी संघ-संस्थाहरुसँग समन्वय गरी प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्ने र २०७२ बैसाख १३ गते देखि नियमित पठन पाठन सुरु गर्ने गराउने । 

४. विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन र विद्यालय तथा स्थानीय स्तरमा हुने हिंसा र यौन दुव्र्यवहार रोक्ने कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्ण अभिभावक, शिक्षा प्रेमी, राजनैतिक दल, शिक्षक, संचारकर्मी एवं सरोकारवालाहरुमा जिल्ला शिक्षा कार्यालय, अर्घाखाँची हार्दिक अनुरोध गर्दछ ।

अन्य समाचारहरु