लौ न सोचौ ! यो के गरियो ? (कविता)

लौ न सोचौ ! यो के गरियो ? (कविता)

 पिताम्बर बन्जाडे

धुलौटो छोडियो , माटो छोडियो ,
खरी छोडियो, पाटी सिलपाटी छोडियो , पेन्सील कापी छोडियो ।
पुस्तक र कलम पनि छोडियो ,
अनि त के चाहियो ?
अव त ठूलो मान्छे भइयो ,
ल्यावटव जोरियो ।।

ती मात्र होइन !
मनमुटु छोडियो, भाव छोडियो ,
सहयोग सदभाव छोडियो ,
पूराना सम्बन्धहरू तोडियो ,
नयाँनयाँ सम्बन्धहरू जोडियो,
अव त ठूलो मान्छे भइयो
ल्यावटव जोरियो ।।

उकाली ओराली छोडियो ,
देउराली भन्ज्यागं, चौतारी छोडियो,
स्वच्छन्द आकाश अनि
धर्तिको बहार छोडियो ,
अव त के चाहियो ?
घरभित्रै नेट पनि जोडियो ।
अव त ठूलो मान्छे भइयो,
ल्यावटव जोरियो ।।

सुनीमाया र रोदीका भाका छोडियो ,
देउँसीभैलो, भजनकृतन छोडियो ,
विश्वप्रख्यात पप् रिमिक्स र
रिदम्स जोडियो ।
मायाप्रीति रीतिथिति सवै
यसैबाट बसाइयो ।
राम्रा फोटाहरू राखेपछि
लाइक कमेन्ट र शेयर पनि,
भ्रमार पाइयो ।
अव त ठूलै मान्छे भइयो
ल्यावटव जोरियो ।।

दही मथ्ने ठूलै ठेको फोरियो ,
ठेकाठेकी, हर्पे, हाँडी, चौठाचौंठी,
गाबु सवै फोरियो र डेरीसंग
गहिरो नाता जोडियो ।
बोक्चापोक्चा, थैलाथैली अनि
मदुससन्दुसका भोटे ताल्चा पनि
तोडियो ।
अनि त शिशाको सोकेशसंग
गहिरो नाता जोडियो ।
अव त ठूलो मान्छे भइयो,
ल्यावटव जोरियो ।।

मकै, कोदो, फापर, गहुँ, जउँ,
सागसिस्नु, बेथेनाराबेथे सवै छोडियो
पिज्जा, बर्गर, चाउचाउ, चमचम्,
चाउमिन, कोकफान्टाको
स्वादमा रमाइयो।
चुलोचौको भान्सासंगको
सम्बन्ध तोडियो अनि
रेष्टुरेन्ट,रिसोर्ट , बारसंग
गहिरो नाता जोडियो।
बस् ! अव त !
ठूलो मान्छे भइयो
ल्यावटव जोरियो ।।

घरगाउँका, लेकबेसींका
नाता तोडिए पनि
हजुरबा, जिजु , मामा , माइजूका
नाता तोडिए पनि
फेसबुक,इमो,ट्विटर, भाइवरका
नाता जोडिएका छन्।
बस्नु,बोल्नु,हास्नु, नाच्नु, पढ्नु,
खानु, खेल्नु सवै सम्वन्ध
नेटसंगै जोडिएका छन् ।
बा छोडिएला ! आमा छोडिएला !
दाजुभाइ, दिदीबहिनी,श्रीमान् श्रीमती
सवै छोडिएला !
नेट छोड्नै सकिन्न, योसंग अटुट
प्रेमसम्बन्धको लगनगाँठो कसिएको छ ।
कोठा छोडेर कतै जानै मन लाग्दैन ।
मात्र घोप्टीएको छ !
साँच्चै क्या दिवाना ! प्रवाना ! भइयो '
अव त! ठूलो मान्छे भइयो
ल्यावटव जोरियो ।।
अस्तु: