गुल्मीको ईस्माका भोजराज कुमालको जीवनमा आधारित गीत ‘ए मेरो बाबा" सार्वजनिक
२०७८ आश्विन १०, आइतवार मा प्रकासित
हरि कुँवर
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका गुल्मी ईस्मा गाउँपालिका-६ राम्दलचौरका भोजराज कुमालको जीवनमा आधारित गीत ‘ए मेरो बाबा" सार्वजनिक भएको छ ।
चार वर्षअघि रोजगारीका लागि साउदी पुगेका कुमाल कम्पनीमा काम गर्दागर्दै दुबै खुट्टा भाचिएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा कमाएकी बिनिता कुमाल भोजराज कि छोरी हुन ।
‘ए मेरो बाबा" गीत लाई युट्युब च्यानल जिटिभी नेपाल मार्फत रविना बसेलको स्वरमा सजाइएको छ । शब्द गायक स्वयं ओम सेन्चुरीले दिएका हुन । भिडियो निर्माण गुरुआमा फिल्मस् प्रालिले गरेको थियो ।