ढिकुराको वार्ड कार्यालय र स्वास्थ्य चौकीमा जडान गरिएको सोलार बत्ती बल्न छोड्यो, मर्मत भएन्

ढिकुराको वार्ड कार्यालय र स्वास्थ्य चौकीमा जडान गरिएको सोलार बत्ती बल्न छोड्यो, मर्मत भएन्


पासर भट्टराई 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुराको वार्ड कार्यालय र स्वास्थ्य चौकीको आसपासमा जडान गरिएको सोलार बत्ती बोल्न छाडेका छ । 


ढिकुराको वार्ड कार्यालय र स्वास्थ्य चौकीको आसपासमा जडान गरिएको सोलार बत्ती केही महिनामा नै बोल्न छाडेका हो । यहाँका लगभग एक बर्ष पहिले जोडेको सोलार बत्ती बलेका छैनन् ।  

सोलार बत्ती  सडकको छेउमा हुँदा आवतजावत गर्ने सबारी साधनलाई बेलुकामा सजिलो यात्रा गर्न सजिलो भएको थियो। नजिकका पसलेहरुलाई पनि निकै सुरक्षा दिएको थियो। उक्त सोलार बत्तीको मर्मत गर्ने तर्फ भने कसैको ध्यान गएको छैन् । 

साथै सोलार बोल्न छोडेपछि रातिको समयमा आवतजावत गर्न समस्या हुनुका साथै सवारी दुर्घटना पनि निम्तिन सक्ने हुनाले यसलाई छिटो भन्दा छिटो मर्मत गर्न सकियो भने धेरै कुरामा फाइदा पुग्ने देखिन्छ।

अन्य समाचारहरु