सन्धिखर्क नगरपालिकाको १० औं नगरसभा सम्पन्न (भिडियो, फोटो फिचर)

सन्धिखर्क नगरपालिकाको १० औं नगरसभा सम्पन्न (भिडियो, फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको १० औं नगरसभा सम्पन्न भएको छ ।


सन्धिखर्क नगरपालिकाको १० औं नगरसभा आज सोमवार सम्पन्न भएको हो ।


संघीय संसदको झल्कोदिने गरि सम्पन्न सभाले आ.ब २०७८/०७९ को संशोधित आय–व्यय अनुमान प्रस्तुत गर्नुको साथै आर्थिक ऐन,बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन बिधेक,संस्था दर्ता बिधेक,बजार अनुगमन तथा व्यवस्थापन बिधेक,सार्बजनिक निजि साझेदारी तथा लगानि बिधेकलगायतका बिधेकहरु पारीत भएको नगर उपप्रमुख ठाकुर कुमार विकले बताउनुभयो ।


नगरसभाका अध्यक्ष तथा नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको सभामा वडाअध्यक्ष सहित नगरसभाका सदस्यहरुको सहभागीता रहेको थियो । सभामा न्यायीक समितिको प्रतिबेदन,लेखा समितिको प्रतिबेदन र कार्यपालीका बैठकको बिबरण समेत प्रस्तुत गरीएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।


सभामा बोल्दै नगर प्रमुख भुसालले साढे चार बर्षको अवधिमा नगरको हितमा काम गर्नुहुने र सहयोग गर्नुहुने सबैलाई धन्यावाद समेत प्रदान गर्नुभएको थियो । नगरसभामाको शून्य समयमा नगरसभाका सदस्यहरूले आआफ्नो धारणा राख्नु भएको थियो ।

अन्य समाचारहरु