ज्ञापन - पत्र (कविता)

ज्ञापन - पत्र (कविता)

पिताम्बर बन्जाडे

तिमी भट्टाउँथ्यौ हामी नारा लाउथ्यौं
तिमी अँघि हुन्थ्यौ हामी पछि लाग्थ्यौं
तिमी स्वाभिमानका भाषण गर्थ्यौ
हामी विश्वास गर्दै ताली मार्थ्यौ ।

हो! हामी तिमीलाई के के गरेनौं ?
फूल माला अविरले सम्मान गर्यौ ।
भोट दियौं, तन मन धन सवै दियौं
हो! हामीलाई विश्वास थियो
तिमी अडिग चट्टान हौ
तिमी निस्वार्थी त्यागी हौ
र तिमी गरेरै छाड्छौ,
तिम्रो त्यो जोस्! तिम्रो अडान्
र तिम्रो प्रतिवध्दता ! तिमीले
खाएका कसम आज ताजै छन्
हाम्रो मनभरि ।

विचविचमा हामीले
नसोधेका पनि हैनौ ?
के भो ? किन संकेत देखिएन ?
त्यसबेला तिमीले
जवाफ दिएका थियौ
"फसल रोपेर पाक्न पनि
समय लाग्छ ,
हामीले जग बनाउदै छौ ।
तपाइँहरू दख्दै जानुहुने छ
परिणाम अवश्य आउने छ ।"

हो, हामीले त्यसवेला पनि
विश्वास् गर्यौं।
तिमीले भने जस्तै फसल
पाक्ने आशामा बस्यौं ।
तिमीले भने जस्तो फसल
कहिले पाकेन, फलै लागेन
लाग्दैलागेन ।
तिमीले फल लागेको देखाउन
बुख्याचा बनाएर कृतृम बोट र
फल देखायौ ।
अव हामीलाई पक्का भयो
मात्र तिमी त !
चिप्ला कुरा गर्दा रहेछौ !
महल , क्यसिनो , नाइटक्लवमा
मालामा, भुले छौ ।
हामीले तिम्रो सुशासन
त्यतिवेला उदांगो भएको पायौं
जव मर्ने वेलामा मुखमा राख्ने
सुनपानी र कात्रोमा समेत
भ्रष्टाचार हुदो रहेछ !
हामीले तिम्रो स्वाभिमान र राष्टियता
उदांग भएको पायौं ,
जव सत्तरी वर्ष सम्म विदेशीले
नेपाली छातीमा बुटले कुल्चीरहदा
उसको आखॉमा आखाँ जुधाएर
भन्न समेत सकेका रहेन छौ
उल्टै उसैको स्तुती गान गरेर
कृपापात्र भएका रहे छौ ।
ऊ तिमीलाई फुटवल जस्तै
उफार्दो रहेछ
तिमी उफ्रदा रहेछौ!

नेपाली युवायुवतीले पसिना बगाएर
पठाएको रेमिट्यान्समा रमाउँदै र
जनताको रगतमा होली खेलिरहेका रहेछौ !

तिमी जे जे बनाउछु भनेका थियौ
सव विग्रेको रहेछ ।
जव थिति विग्रे छ ,
इमानजमान विके छ ,
प्राविधिक विके छ ,
प्रशासन विकेछ ,
पत्रकार विकेछ,
प्रहरी विकेछ ,
न्यायकानुन् विकेछ,
ढुकुटी तिनीहरूकै पेवा भएछ
त्यतीवेला सवै उदांग भयो
जव देश नै दाउमा थापिएको रहेछ !

सायद अव अध्यारो फाट्दै छ ,
जनता घरघरबाट अव जाग्दै छ
अव तिमीसित हिसावकिताव माग्दै छ
अस्तु: