चितवनको माडीमा घरको चोटाबाट लडेर एक २१ वर्षीया युवतीको मृत्यु

रत्ननगर, चितवन  - चितवनको माडीमा घरको चोटाबाट लडेर एक महिलाको मृत्यु भएको छ । काम विशेषले चोटामा उक्लिएकी माडीकी २१ वर्षीया सरिता परियारको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

शुक्रबार साँझ चोटाबाट लडेकी उनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा लगिएको छ ।

यसैबीच चितवनको नारायणगढमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा आज बिहान मृत्युभएको छ । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
 
- रासस

अन्य समाचारहरु