सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य मन्त्रालयलाई ७९ अर्ब ३८ करोड बजेट विनियोजन

सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य मन्त्रालयलाई ७९ अर्ब ३८ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने बताउनुभयो ।

 सुत्केरीलाई ५ हजार पोषणभत्ता दिने घोषणा गरेको सरकारले विपन्नको निःशुल्क रुपमा मृगौला प्रत्यारोपण गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका लागि ७९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको सरकारले प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय २७ अर्ब ४४ करोड बजेट छुट्याएको छ ।

अन्य समाचारहरु