रुपन्देहीमा नेपाली युवा उद्यमी मञ्चको कार्याशाला गोष्ठी

रुपन्देहीमा नेपाली युवा उद्यमी मञ्चको कार्याशाला गोष्ठी

कृष्ण परिवार 
 
बुटवल  । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा  कार्याशाला  गोष्ठी गरिएको छ । 

 मञ्चको १ बर्षे राणनीतिक योजना निर्माणको लागि कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।  बुटवलमा आयोजना गरिएको गोष्ठीमा कर्पोरेट विजनेश ट्रेनर मुकेश ज्ञवाली ले सहजीकरण गरेका थिए । युवा उद्यमी मञ्च  रुपन्देहीका अध्यक्ष निरज लकौलका अनुसार संस्थाका  आगामी १ बर्षे रणनीतिक योजना निर्माणको लागि कार्याशाला गरिएको हो । 

जसमा १३ जना कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।  कार्यक्रममा पुर्व अध्यक्ष अखिलेष गुप्ता, सन्दीप कसौधन र उमेश आमत्य, निर्वतमान अध्यक्ष प्रदिप शाक्य लगायतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु