अँध्यारोभित्र (कविता)

अँध्यारोभित्र (कविता)

तिलकराज चुँदाली

 यसै पनि
उकालीहरू बढ्ता भएको
थकाइले सुस्केरा हाल्ने मेरो यात्रामा
अचानक घोप्टिएको अँध्यारोले
दुख्ने गरि चिमोटिरहेको छ ।

औंशीको रातमा पनि नाच्थें
किनकि निश्चिन्त थिएँ म
अबको पालो दिनको हुनेछस्
कालो बादलसङ्गै खित्किन्थेँ म
किनकि आशा थियो त्यहाँ
छिट्टै अब हरियालीले कुम छुनेछ ।

तर आज कता कता
बद्लिएको मेरो झंकार सुनेर
नसोध्नू शंका मिसिएको लवजमा
किनकि अँध्यरोको पर्दा पछाडि
व्यक्त पीडाहरूका स्वरभन्दा ठूला
नदेखिने घाउहरू हुन्छन्
शत्रुले छुनसम्म नसकेको छातीमुनी
आफ्नाले बनाएका सयौं घाउका माम्री हुन्छन् ।
अँध्यारोभित्र (कविता)