अर्घाखाँचीमा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरियो

अर्घाखाँचीमा  ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरियो

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।  


राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा  जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिनुभयो । 

गठबन्धनबाट बाहीरीएपनि सम्वाद भने जारी रहने थापाको भनाई छ । जसपाले सबै पालीकामा एकलरुपमा पार्टीका उमेद्वार उठाउने पनि जनाएको छ ।

उता ४ दलिय गठबन्धन दलहरु उम्मेद्वारको मनोनयन दर्ता गर्न १ दिन बाँकी हुँदा पनि स्थानिय तहको भागबन्डामा सहमती भएको छ ।  भागबन्डा-सहमती  केही बेरमा सार्वजनिक गर्दै छन् । 

अन्य समाचारहरु