भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगियो

भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट  जोगियो

 सिद्धार्थनगर, वैशाख १७ गते । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवाबाट काठमाडौँको लागि उड्न रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

सो बिमानमा ७० जना यात्रु रहेको बिमानस्थलमा खटिएको प्रहरीले जनाएको छ । घटनाको थप बिवरण आउन बाँकी नै छ । घटनापछि भैरहवा बिमानस्थल बन्द भएको छ । भैरहवामा अवतरण गर्न लागेको अर्काे बिमान काठमाडौँ फिर्ता भएको छ । - गोरखापत्र

अन्य समाचारहरु