खाँचीकोटका बालकृष्ण शाहले भने; मलाई एमालेले बेहोशीमा टीका लगाइदियो अहिले म स्वतन्त्र हुँं

खाँचीकोटका बालकृष्ण शाहले भने; मलाई एमालेले बेहोशीमा टीका लगाइदियो अहिले म स्वतन्त्र हुँं

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा नेकपा (एमाले) प्रवेश गरेका नेकपा माओवादी केन्द्रका वार्ड अध्यक्ष बालकृष्ण शाह २४ घण्टा नबित्दै फेरि एमाले पनि छोडेका छन् । 


खाँचीकोटमा एमाले प्रवेश गरेका माओवादी केन्द्रका वार्ड अध्यक्ष बालकृष्ण शाह २४ घण्टा नबित्दै फेरि एमाले पनि छोडेका हुन् । 

बैशाख २५ गते एमालेमा प्रबेश गरेका  बालकृष्ण शाहले आफुलाई साथिहरुले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन । उनले आफू डिप्रेशनको बिरामी भएको र औषधि सेवन गरिरहेको हुनाले तेहि बेहोशिको मौका छोपी केही हुदैन भनेर सन्धिखर्क बजारमा लगेर टीका लगाइ प्रचारबाजी गरेकोमा आपत्ती जनाएका छन ।

नेकपा माओबादी सन्धिखर्क ७ वार्ड समितिका अध्यक्ष समेत रहेका शाहले आफू २५ गते बिहान सम्म गठबन्धनको लागि भोट माग्दै हिडेको तर दिउसोको समयमा साथिहरुको लहलहैमा लागेर टीका लगाउन पुगेको बताए ।

बालकृष्ण शाहले अर्घाखाँची डटकम संग फोनमा कुरा गरे अनुसार यस्तो थियो पार्टी प्रवेश घटनाक्रम ।

 २५ गते बिहानसम्म  उनी गठबन्धनको कार्यक्रममा सहभागी हुदै भोट माग्ने क्रममा थिए त्यस दिन दिउस  उनका केही साथिहरुले एमालेमा टीका लगाउन भनि फकाएर सन्धिखर्क पुर्याए र त्यहा एमालेको एउटा कार्यक्रममा मेयर पदका उमेदवार कृष्ण प्रसाद श्रेष्ठले उनलाइ टीका लगाएर पार्टी प्रवेश गराएर गाडिमा राखेर जङ्गल तर्फ लगे र एकान्त ठाउमा राखे अनि रातभर उतै बसाले उनको मोबाइल पनि बन्द राखिदिए जब बैशाख २६ गते दिउस उनले आफ्नो मोबाइल खोले उनी आफ्नो पार्टी प्रवेशको खबर देखेर  झसंग भए । र आफ्नो फेसबुकमा   आफू आजको दिन देखि स्वतन्त्र भएको स्टाटस राखे ।

       उनका अनुसार एमाले प्रवेशको खबर पछि अर्घाखाँची माओबादिले उनलाइ कारबाही गरिसकेको हुन सक्ने र आफूलाई बेहोशी जस्तो  एमालेहरुले झुक्याएको तर आफू एमाले पनि नभएकोले आफू अब स्वतन्त्र भएको अर्घाखाँची डटकम संग बताएका छन ।

अन्य समाचारहरु