भुमिकास्थानमा नगर स्तरीय बाल क्लब संजाल र संरक्षण समिति गठन तथा बाल भेला सम्पन्न

भुमिकास्थानमा नगर स्तरीय बाल क्लब संजाल र संरक्षण समिति गठन तथा बाल भेला सम्पन्न

पारस भट्टराई 

नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिका स्तरीय बाल क्लब संजाल/ बालक्लब संरक्षण समिति गठन तथा बाल भेला कार्यक्रम सम्पन्न भएको छ।


उक्त कार्यक्रम को संचालक नगरपालिका का कम्प्युटर अपरेटर ओसन घिमिरे ले गर्नुभएको थियो। अतिथि हरु मा नगरपालिका का नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, सम्पूर्ण कर्मचारी, १० बडा हरुका बडा अध्यक्ष, अर्घाखाँची जिल्ला प्रहरी कार्यालय खिल्जी शाखा प्रमुख , पत्रकार महासंघ लुम्बिनी सदस्य, भुमिकास्थान नगरपालिका का भित्र का  नि मा वि तथा मा वि प्रत्येक बाट एक एक जना शिक्षक, सम्पूर्ण बिधालय मा गठन गरिएका बालक्लब का एक जना छात्र र एक जना छात्रा गरी दुई जना बिद्यार्थी हरूको उपस्थित रहेको थियो।


उक्त कार्यक्रम मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा नुवाकोट कि संयोजक शान्ता आचार्य ले राख्नु भएको थियो। नगर प्रमुख ले ब्यानर पढेर कार्यक्रम को संचालन भएको थियो।

उक्त कार्यक्रम बाट १७ सदस्य बाल क्लब संजाल गठन गरिएको छ जसमध्ये
अध्यक्ष: विशाल ढुंगाना
उपाध्यक्ष: आस्था खनाल
उपाध्यक्ष:नबिना वलि 
सचिव: साबित्रा पोख्रेल
सहसचिव: अंजली वि क
कोषाध्यक्ष:सुजल पोख्रेल
सदस्य: बबिता भट्टराई
            गृष्म सुनार
            दिपा बन्जाडे
             सृजना भट्टराई
            बिनोद बन्जाडे
             केशव बेल्बासे
              आश्विन गैरे
          अप्सरा रायमाझी
            सरिता बस्नेत
             प्रशंसा खनाल
              बर्षा आले

यसलाई आबश्यक सहयोग प्रदान गर्न को निम्ति ८ सदस्य बाल क्लब संरक्षण समिति गठन गरिएको छ जसमध्ये
संयोजक :‌श्री खडानन्द बेल्बासे (नगर उपप्रमुख)
सदस्य:तुवलाल सापकोटा ( शिक्षा शाखा प्रमुख)
           हरिश्चन्द्र भुसाल (योजना शाखा प्रमुख)
           ‌ देव बहादुर थापा (स्वास्थ्य शाखा प्रमुख)
           भेषलाल बुढाथोकी ( खिल्जी प्रहरी प्रमुख)
            शान्ता आचार्य (म बा ज्ये शाखा संयोजक)
             बबिता भट्टराई ( बालक्लब  सदस्य)
              प्रशंसा खनाल( बालक्लब सदस्य)

यस कार्यक्रम मा पत्रकार महासंघ लुम्बिनी सदस्य प्रेमनारायण आचार्य, नगरस्तरीय बालक्लब अध्यक्ष विशाल ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री र नगर उपप्रमुख खडानन्द बेल्बासे ले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रम को समापन नगर प्रमुख रेशम थापा ले आफ्नो मन्तव्य दिएर समापन गर्नु भएको थियो।

अन्य समाचारहरु